आजको मौसम

काठमाडौँ, ११ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र  गण्डकी प्रदेशको  हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यस्तै आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका