बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

काठमाडौँ, ८ बैशाख । उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–३, सातपत्रेमा गएराति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा बेलका–३, सातपत्रेका २७ वर्षीय रोमन बस्नेतको मृत्यु भएको हो ।

प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बस्नेतलाई सातपत्रे नजिकै चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कंदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिएको थियो । बस्नेतको घटनास्थलमानै मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको

काठमाडौँ, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ साउन । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह

काठमाडौँ, १३ साउन । झापामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन