आईपीएलको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो । 

उद्घाटन खेल भोलि (मार्च २८)मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ । दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन् । 

यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो । 

प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् । 

दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ

काठमाडौँ, २७ असोज । तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकखण्डमा

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ