दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ, ४ बैशाख । सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ । क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ

काठमाडौँ, २७ असोज । तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकखण्डमा

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ