ट्रकको ठक्करबाट एक जनाको मृत्यु   

काठमाडौँ, ४ बैशाख । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको हो । दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले बिहीबार साँझ ५ः४८ बजे मृत घोषणा गरेको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै

काठमाडौँ, २ बैशाख । चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा