संसदीय समितिका सभापति चयन आज

काठमाडौँ, ४ बैशाख । संघीय संसद्का विषयगत समितिले नेतृत्व पाउने भएका छन् ।

प्रतिनिधिसभाका १० विषयगतसँगै राष्ट्रिय सभा र प्रतिनिधिसभाका २ संयुक्त गरी १२ वटा संसदीय समितिका सभापतिको चयन आज हुने भएको छ । सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको छ ।

रास्वपाले प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकाललाई सभापतिको उम्मेदवार बनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई रास्वपाले सभापति पदमा मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सांसद रहने संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाले सांसद बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने अर्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर खड्काको एकल उम्मेदवारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै

काठमाडौँ, २ बैशाख । चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा