आजको मौसम

काठमाडौँ, ४ बैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा त मेघगर्जन र चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ। अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको देखिन्छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मीको राप बढ्ने सङ्केत छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै

काठमाडौँ, २ बैशाख । चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा