नेपाल प्रहरीका प्राविधिक पदमा ४०० बढी संख्यामा भर्ना खुल्यो

काठमाडौँ, २० चैत । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ ।

प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो ।

इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा  भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।

प्रहरी जवानमा २८० जनाका लागि र अन्य पदहरुमा १२९ जनाका लागि भर्ना खुलेको छ । दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई