कविता “नारी”

‘नारी’ केबल नाम होइन, उ शक्ति र माया हो,
उ सहनसिल्ताको सागर, साहसको छाया हो।

‘नारी’ केबल एउटा सम्वन्ध होइन, उ सृष्टिको आधार हो,
‘नारी’ त्यो रङ्गमय इन्द्रेणी रङ्ग हो।

तर पानीबाट बच्नु रङ्गहरु पखाल्नेको कमी छैन यहाँ,
‘नारी’ एउटा सुन्दर पुष्प हो।

तर काँडा भएको बोटमा फूल्नु चुड्नेहरुको कमी छैन यहाँ,
तिमी नसम्झ कि आफुले आफैलाई कम्जोरी।

पिडासँग जुध्न र लड्न सक्ने तिमी छौ शक्तिशाली,
तिम्रो अन्तर मनको हिम्मतलाई हत्या नगर।

बन्ने प्रेरणा जगाऔं हृदयमा महान प्रभावशाली,
तिमी त घरको खम्बा हौ तिमी बिना त घरबार चल्दैन।

घरबारको त कुरै छोड तिम्रो अभावमा चुलो नि बल्दैन,
तिमी गरीमा, प्रेरणा र उदाहरणीय व्यक्ति बन्न।

तिम्रो जीवनको सधै तिमी नायिका बन्नु कसैको सिकार नबन्नु,
आखाँमा अरबौ सपना र मुहारमा सुन्दर हाँसो बोकी हामी नारी।

गिद्धे नजर लगाउने यो पापी समाजमा बाँच्नु छ डर सरी,
तिम्रो जीन्दगीको संरक्षक तिमी नै हौ, नबस अब अरुको भर परी ।

आसिका तामाङ,
काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार