मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

‘स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् । मतदानको कार्य सम्पन्न भएपछि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ’ भण्डारीले भनेका छन्, ‘मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’

२१ फागुनको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आज (सोमबार)सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

मौन अवधिमा सचेत पनि आयोगले सबैलाई आग्रह गरेको छ । भण्डारीको आग्रह छ, ‘सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान

काठमाडौँ, १९ फागुन । बागलुका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन

काठमाडौँ, १९ फागुन । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । देवदह प्रहरी चौकीका अनुसार गएराति साढे

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा