राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’ सार्वजनिक

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहेकी शाक्यले लेखेका जीवनका अनुभवहरू समेटिएको संग्रहको नवसंस्करण आइतबार एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो । 

एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओलीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रूपमा कृति विमोचन गरे । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । 

त्यस अवसरमा एमाले अध्यक्ष ओली र शाक्य बिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी