स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए ।

उनले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाक मात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्न सक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ ।’ 

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ थियो । कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै, धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्