स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए ।

उनले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाक मात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्न सक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ ।’ 

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ थियो । कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै, धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित