बाँदरको दुःखले बेसार खेती

काठमाडौँ, ३२ असार । रामेछापको मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् ।

बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसार खेती सुरु गरेका हुन् । बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ । 

नगदे बालीका रूपमा लिइने बेसार खेतीबाट राम्रो आम्दानी हुने गरेको  किसान श्रीप्रसाद घिमिरे बताउँछन् । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरू बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसार खेती गरेको छु”, उनले भने । आफूहरूले अभियानकै रूपमा बेसार खेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ । बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसार खेती हुन थालेको उनको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अम्रिसोको खेती पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for