अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सकिँदैन : सभापति देउवा

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

आज ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले उल्लेख गरे । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे ।

नेपाल फर्कन चाहनेलाई स्वागत गर्न तयार रहेको उनले बताए । उनले भने, ‘अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ,” “नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।”

ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए । उनले भने, “जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु,” “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।”

सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए । ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।