भारतमा पाकिस्तानको ड्रोन आक्रमण, सीमावर्ती क्षेत्रहरुमा ब्ल्याक आउट

काठमाडौँ, २६ बैशाख । पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् ।

पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।

नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ ।

यस्तै भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।

भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ । जम्मू–कश्मीरका जम्मू, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनागमा ब्ल्याक आउट भएको छ ।

यस्तै राजस्थानको बाडमेर, बिकानेर र श्रीगंगानगर तथा पन्जाबको  चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोटमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै गुजरातको भुज, कच्छ क्षेत्रमा पनि बिजुली छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्