नेप्से परिसूचक १२.६० अंकले घट्यो

काठमाडौँ, २५ बैशाख । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम एकैदिन एक अर्ब १३ करोड रुपैयाँले बढेको छ । आज ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ ।

बुधबार १० अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ ।

आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो सुधार देखिएको छ । आज दिनभर उतारचढावका बीच कारोबार

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर