अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’

काठमाडौँ, १८ वैशाख । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउने मन्त्री पौडेलको प्रतिबद्धताअनुसार नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी