मनकामना केबलकार तीन दिन बन्द गरिने

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ ।

मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो ।

मर्मत–सम्भारका साथै केबलकारको लट्ठा समेत छोट्ट्याउने कामका निम्ति असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार, केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा ल्याइनेछ । यसअघि, विजयादशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको । आज भने केबलकार सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार