घट्यो हवाई भाडा

काठमाडौँ, १६ असोज । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत समायोजन भएको छ ।

परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो ।

नयाँ दर अनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ ।

त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।

ट्रंक रुटहरूमध्ये विराटनगर–धनगढी भाडा भाडा दर ३८५ रुपैयाँसम्म घटाइए पनि यो रुटमा उडान हुने गरेको छैन । एटीओएल रुट अन्तर्गत काठमाडौँ–चौरजहारी सर्वाधिक १७५ रुपैयाँ शुल्क घटाइए पनि यो रुटमा पनि नियमित उडान हुने गरेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।