एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

यसैबीच, ट्राफिक प्रहरीले शुक्रबारमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ। चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई

दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौँ, ६ असार । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना

काठमाडौँ, ६ असार। २०८३ साल असार ६ गते शनिबार । सन् २०२६ जुन २० तारिख । जेठ शुक्ल पक्षको  षष्ठी