काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौँ, १२ असोज । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ ।

आज दिउँसोसम्म काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ ।

यस्तै, काठमाडौँमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।