लुम्बिनी प्रदेशमा ३५९ जना डेंगु सङ्क्रमित

काठमाडौँ, ११ भदौ । लुम्बिनी प्रदेशमा ३५९ जना डेंगुका रोगी भेटिएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस सिजनमा  हालसम्म पाल्पा जिल्लामा सबै भन्दै धेरै १४७ जना  डेंगु रोगी भेटिएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ तथ्याङ्क अधिकृत मान बहादुर ओलीका अनुसार रुकुम पूर्व जिल्लामा १, रोल्पामा ३, प्युठानमा ६, अर्घाखाँचीमा ११, पाल्पा जिल्लामा १४७, नवलपरासी पश्चिममा जिल्लामा १, रुपन्देही जिल्लामा ८४, दाङमा६८, बाँके ३० बर्दिया८ गरी ३५९ जना डेंगु रोगी भेटिएका छन् ।

प्रदेशको कपिलवस्तु र गुल्मी जिल्लामा डेंगु रोगी भेटिए पनि प्रदेशको तथ्याङ्कमा भने उल्लेख छैन। प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना ओलीका अनुसार डेंगु रोगीले उपचार गरेको स्वास्थ्य संस्थाको आधारमा प्रदेशमा  तथ्याङ्क राख्ने गरिन्छ ।

त्यही कारणले गुल्मी र कपिलवस्तु जिल्लाका डेंगु रोगका बिरामीले अन्य जिल्लामा उपचार गराएकोले तथ्याङ्कमा नसमेटिएको उनले रातोपाटीलाई खुलाए। सङ्घीय स्वास्थ्य मन्त्रालयले भने बिरामीको ठेगानाको आधारमा तथ्याङ्क राख्ने हुँदा गुल्मी र अर्घाखाँचीमा  डेंगु रोगी भेटिएको उल्लेख गरेको छ। यो डेंगु  रोग पुस माघ महिनासम्म वृद्धि हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।