मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

काठमाडौँ, ११ भदौ । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारुको मृत्यु भएको हो । 

उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको र उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ । उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएका थिए । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४