मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

काठमाडौँ, ११ भदौ । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारुको मृत्यु भएको हो । 

उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको र उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ । उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएका थिए । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति