रवि लामिछानेले स्वीकारे आफ्नो कमजोरी

चितवन, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तीको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको पनि बताए । उनले राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागेको पनि बताए। लामिछानेसँग शुक्रवार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो वयान लिएको थियो ।

‘मैले त्यहाँ हेरेर, जानेर, बुझेरै काम गरेको थिएँ। छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थाहा भएको कुरा हो। त्यतिखेर थाहा भएको कुरा होइन। त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो। कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,’ लामिछानेले भने, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो। तर समान्यरुपमा त कसैलाई थाहा थिएन नि त।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank