इन्चार्जले नै उठाए माओवादी सांसद दाहालमाथि भ्रष्टाचारको गम्भीर प्रश्न: यस्तो छ पार्टीको सर्कुलर

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)माथि भ्रष्टाचारको आरोप लागेको छ ।  

सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा उनले आर्थिक हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेको हो । यसबारे पार्टीभित्र गम्भीर प्रश्न उठेको छ । हालै बसेको जिल्ला समन्वय समिति सिन्धुलीको बैठकमा यसबारे जिल्ला नेताहरुले गम्भीर प्रश्नमात्रै उठाएका छैनन् यसबारे पार्टीको आन्तरिक सर्कुलरमा समेत उल्लेख भएको पाइएको छ । 

जिल्ला कमिटीका नेताहरु राजनले लाखौँ रकम हिनामिना गरेकाले छानबिन हुनुपर्ने बताउँछन् ।  यसैबीच बुधबार माओवादी पार्टी कार्यालयमा बसेको बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा पनि यो विषय उठेको छ । केही नेताहरुले भ्रष्टाचारको प्रसंग निस्किएपछि सिन्धुलीको उदाहरण दिँदै आवाज उठाएको बागमती प्रदेशका एक नेताले बताए । ती नेताले अनियमिततको विषयमा पार्टीले छानबिन गर्नुपर्नेमा जोड दिए ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी थिए । राजनले संघीय सांसद भएयता अध्यक्ष प्रचण्डको पक्षमा निरन्तर बोल्दै आएका छन् । प्रचण्डले खासै विश्वास नगरेपनि प्रचण्डलाई विश्वासमा लिनकै लागि उनले संसद र बाहिर लगातार पक्षमा अभिव्यक्ति दिँदै आएको पार्टीकै नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि