साढे ७ हजारबढी नेपाली वैदेशिक रोजगारीको नाममा ठगिए

काठमाडौँ, २१ साउन । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती मध्ये तीन हजार ८३७ उजुरी फर्छ्यौट भएका छन् ।

ठगीमा उजुरीमा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् । ती मध्ये १७३ जनाको उद्धार गरिएको छ । त्यस्तै दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ । भने ३९० मुद्दा अदालतमा पठाइएको छ ।त्यस्तै प्रहरी शाखामा सबैभन्दा बढी तीन हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ । भने प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फर्छ्यौट भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने