आजको मौसम

काठमाडौँ, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ ।

विभागका अनुसार आज देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।