हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण

काठमाडौँ, २० साउन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ ।

आज बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ । 

श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको