हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण

काठमाडौँ, २० साउन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ ।

आज बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ । 

श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ असार । २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि ।