सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ : सचिव भट्टराई

काठमाडौँ, १९ साउन । सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् ।

आज ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए । 

उनले भने, ‘संविधानमा केही कुराहरुलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ । यसको निम्ति नेपाली कांग्रेस र एमालेले अग्रसरता लिएपनि संसद्‌मा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरुलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्ने सोचिरहेका छौँ ।’ 

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे ।  ‘विद्वानहरुले संविधानका बारेमा दिएका आफ्ना सुझावहरु हामीले प्राप्त गर्ने नै छौँ । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्नेनै छ’ उनले भने, ‘यीनै उद्देश्यका साथ आज हामी नयाँ सहकार्यका साथ अघि बढेका हौँ । ’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा