सुमो पल्टिँदा १० जना घाइते

काठमाडौँ, १९ साउन । मकवानपुरको सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा अनियन्त्रित भइ सुमो पल्टिएको हो ।

शनिबार बिहान ७ः२० बजेको समयमा जिल्ला मकवानपुर सो स्थानमा काठमाडौँबाट वीरगन्ज तर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिएको प्रहरीले जनाएको छ । सुमो पल्टिदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जना गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारको लागी काठमाडौँ तर्फ पठाएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश श्रीकान्त