काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ ।
नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।