७५ प्रतिशत मात्र राजस्व सङ्कलन

काठमाडौँ, १ साउन । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात् १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्याङ्कले देखाएको छ ।

अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा