रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।

आज बिहान नारायणगढ(मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा। भीष्मकुमार भूसालले जानकारी दिए । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।

चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो । सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए । सोही विषयमा छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट