दूध किसानलाई सोह्र लाख अनुदान

काठमाडौँ, २६ असार । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम पाएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । 

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा.ऋषिराम सापकोटाले बताए । दूधमा भने प्रतिलिटर रु २.५ अनुदान दिँदै आइएको उनले जानकारी दिए ।

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा