काठमाडौँ, २६ असार । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो ।
ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको हो । ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको छ ।