ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २६ असार । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले मध्यराति १२ बजेपछि दुर्घटनाबारे सूचना पाएको थियो । प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वमा सातजनाको टोली बिहान २ बजे घटनास्थल पुगेको थियो । उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको थियो । दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन्। उनको टाउको ढाडमा चोट रहेपनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ । चालकको शव गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना