मिना ढकाल पक्राउ

काठमाडौँ, २३ असार । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए । मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी  मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट