मिना ढकाल पक्राउ

काठमाडौँ, २३ असार । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए । मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी  मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा