काठमाडौँ, २३ असार । पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको हो ।
कामको सिलसिलामा गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।