खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ, २१ असार । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । 

बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । 

साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank