नेप्से परिसूचक १५.४६ अंकले बढ्यो

काठमाडौँ, २० असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ ।

यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विकास बैंक समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ । १३ उपसमूहमध्ये दुईवटाको परिसूचक घटेको छ । आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा

काठमाडौँ, ३ फागुन । रुपन्देहीबाट ठूलो परिणामको  गाँजा र चरेससहित सातजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ३ फागुन । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ७ महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख

काठमाडौँ, ३ फागुन । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ ।  जिल्लाको साझेदारी वनबाट बस्तीमा