नेप्से परिसूचक १५.४६ अंकले बढ्यो

काठमाडौँ, २० असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ ।

यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विकास बैंक समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ । १३ उपसमूहमध्ये दुईवटाको परिसूचक घटेको छ । आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit

काठमाडौँ, ७ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ