पार्टीको महाधिवेशनमा ४ ऐतिहासिक दस्ताबेजहरू पारित हुन्छ: झलनाथ खनाल

बारा, २६ जेठ ।  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने जनाएका छन् । 

सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा  पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले भने, ‘महाधिवेशनले पार्टीलाई वैचारिक, राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पूर्याउछ, पार्टी नेतृत्वलाई रूपान्तरण गर्दछ, अवको अध्यक्ष बन्ने भन्ने बारेमा महाधिवेशनले निर्णय गर्छ, महाधिवेशन सर्वोपरि भएको हिसाबले हामीले सबै कुरा छोडिदिएका छौ’ ।’ यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडी बढाउन सरकारको ध्यान नपुगेको विषयमा पूर्व प्रधानमन्त्री खनालले यसपटकको बजेटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।  खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताए । नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ । काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित

काठमाडौँ, ६ बैशाख । धौलागिरि र अन्नपूर्ण हिमालमा यस वर्ष वसन्तयामको आरोहण शुरु भएको छ । पहिलो दिन २१ जनाले आरोहण

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा