गृहमन्त्री लामिछानेद्वारा विपद‍्मा खट्ने स्वयंसेवकको विवरण माग

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद‍्काे समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् ।  

आज मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद‍्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका हुन् । उनले मनसुनजन्य विपद‍्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए । 

गृहमन्त्री लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद‍्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने