गृहमन्त्री लामिछानेद्वारा विपद‍्मा खट्ने स्वयंसेवकको विवरण माग

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद‍्काे समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् ।  

आज मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद‍्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका हुन् । उनले मनसुनजन्य विपद‍्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए । 

गृहमन्त्री लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद‍्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।