परिसूचक नेप्से १०.७१ अंकले घट्यो

काठमाडौँ, २८ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो । तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ । १७६ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

माण्डु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र पिपुल्स पावर कम्पनीको सेयर मूल्य बढेको छ । माण्डु हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँ बढेको छ । खानीखोला हाइड्रोपावरको प्रतिकित्ता १९ रुपैयाँ र पिपुल्स पावरको सेयर मूल्य ४० रूपैयाँ पढेको छ ।

सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा

काठमाडौँ, १८ असार । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।  आजको प्रतिनिधि

काठमाडौँ, १८ असार । हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास

काठमाडौँ, १८ असार । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता