वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी

काठमाडौँ, २८ चैत । वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया  पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा बडहरी नगरपालिका-२ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।

तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीमा माल्दिभ्स र मलेसियामा होटलहरुमा काम लगाइदिन्छु भन्दै पीडितहरुबाट पटकपटक गरी २० लाख रुपैयाँ रकम लिएका थिए । तर सो रकम लिएपछि उनी सम्पर्कविहीन बरेका थिए ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई चैत २६ गते उदयपुरको उदयपुरगढी गाउँपालिका-७ तेलतेलेबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार