राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै

काठमाडौँ, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ ।

उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् । यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो । एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले रास्वपाको नीति र नेतृत्वमाथि प्रश्न उठाएका छन् ।  निर्वाचन प्रचारका

काठमाडौँ, १२ असार । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनीलाई नियन्त्रण गर्न केवल औपचारिक कार्यक्रममा मात्र सीमित

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्