एमाले ललितपुरको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ, २६ चैत । नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

अन्य तीन प्रतिस्पर्धीलाई हराउँदै आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । २२९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाए । जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । १७३ मत ल्याएर बज्राचार्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी हरिगोविन्द श्रेष्ठले ११४ मत ल्याए । श्याम ब्यञ्जनकारले ९८ र अष्टविर ब्यञ्जनकारले ८७ मत पाए ।

सचिवमा राम राउत निर्वाचित भए । ६ जनाबीच भएको प्रतिस्पर्धामा राउतले १७९ मत पाएर सचिव जिते । रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईले ५१, सहकुल खत्रीले २७, सुदनर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत पाए । उपसचिवहरुमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् । खुलातर्फ १६४ मत पाएर थापा निर्वाचित हुँदा प्रतिस्पर्धीहरु नानीकाजी शाक्य ४८, मनोज महर्जन ६४, श्याम शर्मा बजगाईं ९९, सन्दन थापा मगर ५४ र साजन दर्लामीले ४४ मत पाए । महिला उपसचिवतर्फ १४२ मत ल्याएर राई निर्वाचित हुँदा अन्नपूर्ण बस्नेतले ८७, संगीता अछामीले १४० र सुकुमाया लामाले १०४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा