एमाले ललितपुरको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ, २६ चैत । नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

अन्य तीन प्रतिस्पर्धीलाई हराउँदै आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । २२९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाए । जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । १७३ मत ल्याएर बज्राचार्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी हरिगोविन्द श्रेष्ठले ११४ मत ल्याए । श्याम ब्यञ्जनकारले ९८ र अष्टविर ब्यञ्जनकारले ८७ मत पाए ।

सचिवमा राम राउत निर्वाचित भए । ६ जनाबीच भएको प्रतिस्पर्धामा राउतले १७९ मत पाएर सचिव जिते । रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईले ५१, सहकुल खत्रीले २७, सुदनर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत पाए । उपसचिवहरुमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् । खुलातर्फ १६४ मत पाएर थापा निर्वाचित हुँदा प्रतिस्पर्धीहरु नानीकाजी शाक्य ४८, मनोज महर्जन ६४, श्याम शर्मा बजगाईं ९९, सन्दन थापा मगर ५४ र साजन दर्लामीले ४४ मत पाए । महिला उपसचिवतर्फ १४२ मत ल्याएर राई निर्वाचित हुँदा अन्नपूर्ण बस्नेतले ८७, संगीता अछामीले १४० र सुकुमाया लामाले १०४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा