डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान

काठमाडौँ, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आव्हान गरेका हुन् । थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा उम्मेदवार भएको भन्दै नेता चेम्जोङले प्रदेशअन्तर्गतका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अनुरोध गरेका हुन् ।

पार्टीको कोसी प्रदेश समितिले निर्वाचनमा परिचालन हुन पार्टीपंक्तिलाई सर्कुलर गरेको छ । जसपाले पहिचान पक्षधर उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवार नउठाइ डकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)