परिसूचक नेप्से २२.७५ अंकले बढ्यो

काठमाडौँ, २५ चैत । आज सेयर बजारको परिसूचक नेप्से २२.७५ अंक बढेर नेप्से २०२७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ ।

गत बिहीबार ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ४ अर्ब २५ करोड पुगेको छ । फाइनान्स र विकास बैंक समूह उच्च दरले बढेको छ । फाइनान्स ५.९ र विकास बैंक ३.१६ प्रतिशत बढे । होटल तथा पर्यटन समूह ४ र ब्यापार समूह १ अंक घटे ।

बैंकिङ ६, विकास बैंक १२२, फाइनान्स ११३, हाइड्रोपावर २८, जीवन बीमा १४५, उत्पादन ११५, माइक्रोफाइनान्स २८, निर्जीपवन बीमा ९२ र अन्य समूह २२ अंक बढे । कुल १९० कम्पनीको मूल्य बढ्दा ४८ को घट्यो भने ७ को स्थिर रह्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानाकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.७, दोल्ती पावरको ९.५ र सबैको लघुवित्तको ९ प्रतिशत मूल्य बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य १० प्रतिशत घट्यो । सूर्याज्योति लाइफ इन्स्योरेन्सको २.७ तथा गणपति लघुवित्तको २.५ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्