परिसूचक नेप्से २२.७५ अंकले बढ्यो

काठमाडौँ, २५ चैत । आज सेयर बजारको परिसूचक नेप्से २२.७५ अंक बढेर नेप्से २०२७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ ।

गत बिहीबार ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ४ अर्ब २५ करोड पुगेको छ । फाइनान्स र विकास बैंक समूह उच्च दरले बढेको छ । फाइनान्स ५.९ र विकास बैंक ३.१६ प्रतिशत बढे । होटल तथा पर्यटन समूह ४ र ब्यापार समूह १ अंक घटे ।

बैंकिङ ६, विकास बैंक १२२, फाइनान्स ११३, हाइड्रोपावर २८, जीवन बीमा १४५, उत्पादन ११५, माइक्रोफाइनान्स २८, निर्जीपवन बीमा ९२ र अन्य समूह २२ अंक बढे । कुल १९० कम्पनीको मूल्य बढ्दा ४८ को घट्यो भने ७ को स्थिर रह्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानाकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.७, दोल्ती पावरको ९.५ र सबैको लघुवित्तको ९ प्रतिशत मूल्य बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य १० प्रतिशत घट्यो । सूर्याज्योति लाइफ इन्स्योरेन्सको २.७ तथा गणपति लघुवित्तको २.५ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या

हुम्ला, ३ माघ । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण