छ जना फरार व्यक्ति पक्राउ

बुटवल, ७ चैत । रुपन्देहीमा विभिन्न मुद्दाका फरार ६ जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका अनुसार जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको हो ।

२०६८ चैत २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने विष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण–बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा रु।२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।  २०७५ असार १ को फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष कैद र रु। १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने वीरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।