छ जना फरार व्यक्ति पक्राउ

बुटवल, ७ चैत । रुपन्देहीमा विभिन्न मुद्दाका फरार ६ जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका अनुसार जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको हो ।

२०६८ चैत २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने विष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण–बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा रु।२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।  २०७५ असार १ को फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष कैद र रु। १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने वीरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट