सत्ता गठबन्धनले ‘न्यूनतम साझा’ कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ, ६ चैत । सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेका थिए ।

मंगलबार बिहान १० बजे सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल थिए।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले